घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

२१ साउन ७५, सोमबार
Share this
706shares

रत्ननगर, साउन २१
चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ ।

Advertisement

स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए ।

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए ।

Advertisement

पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको जनाइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top