×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जापानको हिरोसिमामा विश्वमै पहिलो पटक भएको बम हमलाको स्मरण गरिँदै

२१ श्रावण २०७५

टोकियो,साउन २१
जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ ।सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजेर उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर आज उक्त नरसंहारको स्मरण गरिएको छ ।

हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको आणविक बम आक्रमणबाट भएको नरसंहारको स्मरण गर्न हिरोसिमामा रहेको शान्तिपार्कमा हजारौँ नागरिक जम्मा भएका थिए ।सन् १९४५ मा आजकै दिन बिहान अमेरिकी सैनिकको एक युद्धक विमानले बी–२९ नामको आणविक बम जापानको बन्दरगाह शहर हिरोसिमामा खसालेको थियो ।

Advertisement
Advertisement

त्यस बमको असरबाट कम्तीमा पनि १ लाख ४० हजार हिरोसिमाबासी नागरिकको ज्यान गएको थियो । बमको असरले अरु हजारौँ व्यक्ति नराम्ररी प्रभावित भएका थिए ।सोमबार बिहान हिरोसिमा शान्ति पार्कमा उक्त नगरका नगर प्रमुख काजुमी मात्सुइ वार्षिक समारोहमा उभिए र आणविक अस्त्र बिनाको विश्वको लागि विश्व समुदायसँगै अपिल गरे ।

संसारका देशहरुमा बढ्दो राष्ट्रियतावादको नारा आणविक अस्त्र विनाको विश्वको लागि एक चुनौती बन्दै गएको बताए ।कुनै पनि देशको नाम नलिई उनले भने– विश्वका कतिपय देशहरुले आत्मकेन्द्रित रुपमा नै राष्ट्रियतावादको नारा दिएका छन् र यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरुको आधुनिकीकरण गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता आणविक अस्त्रहरुको बृद्धि गर्ने कुरा गरेको एक वर्षपछि हिरोसिमाका नगर प्रमुख मात्सुइले विश्वबाटै यस्ता हतियारहरुको उन्मूलन गर्न आग्रह गरेका हुन् ।उनले भने– आणविक अस्त्र उन्मूलन गर्ने प्रयासहरुलाई निरन्तरता दिइनैपर्छ । यस्ता हतियारहरु निर्माण नगर्ने र त्यस्ता देशलाई पनि सहयोग नगर्ने जापान सरकारको नीति छ ।

दोस्रो विश्वयुद्धको उत्तरार्धतिर अमेरिका र जापानबीच युद्ध भएको थियो । त्यस क्रममा अमेरिकाले जापानको हिरोसिमामा अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा अणु बम हानेको थियो ।नागासाकीमा गरिएको सो हमलाबाट ७४ हजार जापानी नागरिकको ज्यान गएको थियो । अरु हजारौँ नागरिकमा यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो ।

Advertisement

हिरोसिमामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामा भएका छन् । उनी उक्त शहरमा सन् २०१६ को मे महिनामा पुगेका थिए ।
रासस/एएफपी

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top