वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

२२ बैशाख ७८, बिहीबार

२३ बैशाख, काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ ।

जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको सेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।

कुन्जोकको मुद्दामा गत ८ वैशाख न्यायाधीश नेपालको इजलासले फैसला गरे पनि सजाय निर्धारण भने बुधबारको इजलासले गरेको हो ।

Advertisement

२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले सुरुवातमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे÷नरहेको ठहर गर्नुपर्छ । सोहीअनुसार पहिला फैसला गरेर पछि सजाय निर्धारण गरिएको हो ।

नेपालमा मात्रै नभएर भारतमा समेत वन्यजन्तु तस्करीमा नाम जोडिएका कुन्जोकलाई इन्टरपोलको सहायतामा नेपाल प्रहरीले ११ असार २०७६ मा पक्राउ गरी रसुवा जिल्ला अदालतमा बुझाएको थियो ।

१५ वर्षअघि ठूलो परिणाममा पाटेबाघ र चितुवा छालासहित रसुवा स्याप्रुबाट पाँच जना पक्राउ परे पनि उनी फरार थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top