वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔँः बाबुराम भट्टराई

263SHARES

२९ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ ।

यस्तै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण