ओलीसँग ‘डिनर मिटिङ’ चल्दै थियो, कुरा नमिलेपछि बाहिरिएँ

१० बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीवार ‘डिनर मिटिङ’ भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार राति अध्यक्ष ओलीसहित गौतम, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएर ‘डिनर मिटिङ’ गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले गौतमलाई पार्टी काममा आफूसँग फर्कन आग्रह गरेका थिए । तर नेता गौतमले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरे । जवाफमा प्रधानमन्त्री ओलीले फागुन २८ गते फर्कन नसक्ने बताएपछि आफू बालुवाटारबाट ‘डिनर मिटिङ’ बीचैमा छाडेर हिँडेको गौतमले बताएका छन् ।

Advertisement

उनले भने– ‘असंवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेंँ । उहाँले ती निर्णय फिर्ता हुँदैन भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’

नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा बिहीवार राति ओली र गौतमबीच भेटवार्ता भएको हो । त्यसअघि अध्यक्ष ओलीले बिहीवार दिउँसो नेता माधव कुमार नेपालसँग काठमाण्डौको एक होटलमा २ घण्टा ‘वान टू वान’ छलफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top