२९ भदौ, काठमाडौं ।
सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली थियो ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्त गर्ने चर्चा चले पनि मन्त्रिपरिषद्मा यसबारे प्रस्ताव नै नआएको भट्टराईले बताए ।