वाम नेता मिलाउन सकस ! कसको आँखा कता ?

१६ पुस ७४, सोमबार

पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ-आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Advertisement

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top