Nepal Times
Nepal Times
3
Shares

कहाँ हराए ७६७ महिला ?

कहाँ हराए ७६७ महिला ?

एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् ।

भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ ।

हराएकामा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.