विज्ञानमा महिला पुरस्कारका लागि विजेता घोषणा

१३ जेठ ७५, सोमबार

काठमाडौँ, जेठ १४
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ ।

नासो विज्ञानमा महिला पुरस्कार–२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत सुश्री श्रीति श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

पुरस्कार जेठ १६ गते बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने विशेष कार्यक्रममा अन्तरीक्षयात्री डा सान्द्रा म्यागनसले वितरण गर्नेछन् ।

पुरस्कारस्वरुप इन्जिनियर मिश्रलाई नगद रु २५ हजार, प्रमाणपत्र तथा अवार्ड प्रदान गरिनेछ । सुश्री श्रेष्ठलाई नगद रु १५ हजार, प्रमाणपत्र तथा अवार्ड प्राप्त गर्ने नासोले जनाएको छ ।

पुरस्कारको राशि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा नासोका संरक्षक इन्जिनियर ऋषि शाहले स्थापना गरेका हुन् । यसैगरी अवार्ड नासोकी सञ्चालक समिति सदस्य इन्जिनियर मनिषा द्वाले स्थापना गरेकी हुन् ।

गत वर्षदेखि प्रदान गरिएको यो पुरस्कारका लागि यस वर्ष ४० आवेदन परेको नासोले जनाएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top