विदेशमा अलपत्र नेपाली ल्याउन अझै एक हप्ता लाग्ने

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, काठमाडौँ ।
कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरु अझै कम्तिमा एक हप्ता नेपाल फर्किन नपाउने देखिएको छ।

नेपाल सरकारको पहल र यतैबाट विमान गएर अलपत्र परेका नेपाली ल्याउने क्रम सुरु हुन कम्तिमा अझै एक हप्ता लाग्ने देखिएको हो। कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपालीहरुलाई स्वदेश ल्याउनका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गरी नाम संकलनको काम भइरहेको बताएको छ ।

स्वदेश फर्किन चाहने नेपालीको नाम सम्बन्धित देशमा रहेका नेपाली दूतावासले संकलन गरेर प्राथमिकताका आधारमा सूचिकृत गर्ने काम भइरहेको सीसीएमसीका संयोजक नारायणप्रसाद विडारीले जानकारी दिएका हुन् । विदेशबाट नेपाली ल्याउने प्रक्रियाको सम्पूर्ण नेतृत्व सीसीएमसीले गर्ने जिम्मा पाएको छ ।

Advertisement

तर यसका लागि परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय तथा गृह मन्त्रालयसँग समन्वय गर्नु पर्छ । दूतावासले पठाएका नेपालीहरुको सूचि परराष्ट्र मन्त्रालय मार्फत उडानको व्यवस्था तथा अध्यागमन स्वीकृतिका लागि गृहमन्त्रालयमा जाने र अन्त्यमा फेरि सीसीएमसीले नै नेतृत्व गरी नेपाली फिर्ता ल्याउने कार्ययोजनामा उल्लेख छ ।

तर अहिलेसम्म दूतावासहरुले नाम संकलनको काम गरिरहेका छन् । त्यसपछि उडानको व्यवस्थाका लागि टिकट खुला गर्ने र अध्यागमनको प्रक्रिया पूरा गर्न पनि समय लाग्छ ।

नेपाली आउने सूचि तयार भएपछि उडानको व्यवस्थापनको जिम्मा पाएको पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले तत्काल यहि दिन नै नेपाली ल्याउने भनी उडानको व्यवस्था गर्ने बारे कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

सीसीएमसीमा पर्यटन मन्त्रालयका तर्फबाट संयोजनको जिम्मा पाएका सहसचिव लामिछानेले भने, अहिलेसम्म उडान व्यवस्थापन सम्बन्धमा कुनै निर्णय भएको छैन । हप्तादिन भित्र केही न केही निर्णय हुन सक्छ । तर उडान नै तय हुन्छ भन्न चाहिँ सकिँदैन ।’

विदेशमा रहेका नेपालीहरु ल्याउनका लागि प्राथमिकता निर्धारण गरी आउनेहरुको सूचि तयार भएपछि टिकट खुला हुने सीसीएमसीका संयोजक विडारीले बताए पनि अहिलेसम्म प्राथमिकताको सूचि तयार भएको छैन ।

नेपालीहरु ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइड बडी र न्यारो बडी विमान प्रयोग हुने बताइएको छ । चाप हरेर निजी एयरलाइन्सलाई पनि उडान अनुमति दिइने तयारी छ । नेपालबाटै विमान गएर अलपत्र नेपाली ल्याउन अझै समय लाग्ने देखिए पनि सम्बन्धित देशबाटै विमानको व्यवस्था भएर परदेशमा रहेका नेपाली स्वदेश आउन सक्ने सम्भावना भने छ ।

गएको शुक्रबार म्यानमारबाट त्यहिँको सेनाको विमानमा २६ नेपाली स्वदेश फर्किएका थिए । यस्तै युएईबाट पनि शुक्रबार नै १६९ जना नेपाली आएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top