अर्घाखाँचीमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ पुग्यो

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, अर्घाखाँची ।
जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार ३१ जनामा संक्रमितको पुष्टि भएसँगै संक्रमितको संख्या ३६ पुगेको हो । भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनि गाउँपालिकाका १ र शीतगंगा नगरपालिकाके १ जना रहेको जनस्वास्थ्य निरीक्षक पौडेलले बताए । जसमध्ये दुई जना महिला छन् । संक्रमितहरु १८ देखि ५० उमेर समूहका रहेका छन् ।

Advertisement

यसअघि शीतगंगाको ज्योति माविको क्वारेन्टाइनमा बसेका एक पुरुष र पाणिनिको कमला माविमा बसेका दुई जना पुरुषमा कोरोना संक्रमण देखा परेपछि उनीहरुको सन्धिखर्कको आइसोलेसनमा उपचार भइरहेको छ ।

भारतबाट स्वदेश आउने क्रममा बाटोमै मृत्यु भएका भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको जेठ १० गते मृत्यु भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।जिल्लामा ४५ बेडको आइसोलेसन छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजै आइसोलेसन बेड थप्न जनप्रतिनिधिसँग समन्वय गरेर बनाउन लाग्ने बताए । परीक्षण गर्न केहीको स्वाब संकलन गरी दाङ पठाइएको छ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top