विदेशमा चम्किँदै नेपालका यी ब्राण्ड,भुटानी सुरक्षाकर्मीले लगाउँछन् ‘गोल्डस्टार’

काठमाडौंः नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

चाउचाउ

वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ ।

Advertisement

गोल्डस्टार

नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् ।

हिमालयन जाभा

कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास गर्यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ ।

खुकुरी रम

विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ ।

बाजेको सेकुवा

सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए । त्यही व्यवसाय बाजेको सेकुवामा परिणत भयो, अहिले १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा पनि खुलेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top