विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

काठमाडौँ, जेठ ३१

दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् ।

क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई बजेटमार्फत सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजनाको स्वागत गर्दै कार्यविधि बनाई ऋण प्रदान गर्न अर्थ मन्त्रालयसँग माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

Advertisement

बैठकले विद्यार्थीलाई बजेटमार्फत ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विनाव्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गरेको छ ।

बैठकले सरकार र नेपाल आयल निगमलाई हालै गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न तथा पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न समेत माग गरेको छ । विगतमा रातो र नीलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने समेत माग बैठकले गरेका छ ।

Advertisement

शिक्षामा छुट्याइएको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनरवलोकन हुनुपर्ने, ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२’ कार्यान्वयन गर्न र बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, मुलुकलाई अनावश्यक आर्थिक भार पर्ने गरी भूतपूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई सुविधा दिन अघि बढाइएको प्रक्रिया रोक्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने ठेकेदार तथा महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ ।

बैठकले कानुन संकायअन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्न अघिल्लो शैक्षिकसत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुने गरी भर्ना प्रक्रिया अगाडि बढाउन समेत माग गरेको छ । बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, महासचिव ऐन महर, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायतको सहभागिता थियो ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top