संखुवासभा, असार १
संखुवासभाको चिचिला गाउँपालिका स्थित हाडी खोलाले बगाएर एक जनाको बिहिबार मृत्यु भएको छ।
मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–४ बस्ने मनकुमार राई रहेका छन् । राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ।
बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी गर्दै जाँदा चिचिला गाउँपालिका २ ईम्चुङस्थित हाडी खोलाले बगाएर मृत अवस्थामा उनलाई आफन्तले भेटेका थिए।
घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरी शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको छ।