कर्तब्य ज्यान मुद्धाका तीनसहित सात फरार पक्राउ

३१ जेठ ७५, शुक्रबार

विराटनगर, असार १

कर्तब्य ज्यान मुद्धाका तीन सहित सात जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अदालतबाट कैद सजाय भई फरार रहेक प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहको टोलीबाट खटिएका प्रहरीले कर्तव्य ज्यान मुद्दामा कैद सजाय भई फरार रहेका मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने वर्ष ३१ को राजकुमार भन्ने अशित धिमाल, सोही ठाउँ बस्ने वर्ष २६ को सन्दिप भन्न दिपेश शाक्य र वर्ष २९ को प्रेम तामाङलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका छन।

Advertisement

मोरङ जिल्ला अदालतलको मिति २०७३र०८र१६ गतेको आदेशले कर्तव्य ज्यान मुद्दामा ५र५ बर्षको कैद सजायको फैसला भएका उनीहरुलाई बिशेष सुराकी परिचालन गरी बिहिबार बिहान पक्राउ गरिएको थियो।

तीनै जनालाई अदालतको आदेश बमोजिम फैसला कार्यान्यवनका लागी जिल्ला कारागार मोरङ पठाइएको छ।

Advertisement

यसैगरी इलाका प्रहरी कार्यालय रानीले बिहिबार बिभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भई फरार चार जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय भएका भएका विराटनगर–१३ बस्न सुरज जङ राणा, दुनियावादी फौज्दारी मुद्दामा एक हजार रुपैया जरिवाना भएका मोरङ बिराटनगर–१४ बस्ने प्रकाश कुमार महत्तो, सार्वजनिक मुद्दामा एक हजार छ सय पचास जरिवाना भएका जहदा १ बस्ने कमल किशोर यादव र कार्तिक कुमार यादव छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top