विद्यार्थीले बनाउन थाले नेपाली भू–उपग्रह

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काभ्रे।

माध्यमिक तहमा अध्ययनरत ९ जना विद्यार्थीले भू–उपग्रह निर्माण थालेका छन् । जिल्लास्थित काठमाडौं युनिभर्सिटी हाइ स्कुलका ६ जना, आजाद मावि र चैतन्य मावि र धुलिखेलस्थित सञ्जीवनी नमुना माविका १÷१ जनाको सहभागितामा भू–उपग्रह निर्माण थालिएको हो ।

नेपाल सरकार, विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौं युनिभर्सिटी हाइ स्कुलको साझेदारीमा विद्यालय भू–उपग्रह नक्षत्र परियोजना शुरु भएको प्रमुख अनुसन्धानकर्ता रहेका नेपाली वैज्ञानिक आभाष मास्केले जानकारी दिए।

Advertisement

उनका अनुसार परियोजना अन्तगर्त थाइल्याण्डले ४ वटा र नेपालले एउटा भू–उपग्रह निर्माण गर्नेछन् । विद्यालय स्तरका विद्यार्थीले गर्ने यो विश्वकै पहिलो परियोजना भएको दाबी गरिएको छ । परियोजनाको अवधी थालनी भएपछि २ बर्षको छ ।

मास्केका अनुसार, डाँफे अन्तरिक्ष लक्ष्य अन्तर्गत प्रशिक्षित ६ जना विद्यार्थीको समूहले उनीहरुलाई तालिम र प्रशिक्षण दिनेछन् । परियोजानामा डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र र युनेस्कोको पनि सहयोग छ ।

Advertisement

काठमाडौं युनिभर्सिटी हाइस्कुलमा स्थापना गरिएको अन्तरिक्ष प्रणाली प्रयोगशालामा भइरहेको बन्द प्रशिक्षण पुषको दोस्रो सातासम्म चल्नेछ ।

मास्केका अनुसार, २ बर्षको अवधीमा तयार गरेपछि पृथ्वीबाट ४ सय किलोमिटर पृथ्वीको कक्षमा परिक्रमा गराइनेछ । नेपाली वैज्ञानिक मास्के सम्मिलित नेपाली पहिलो भू–उपग्रह नेपाली स्याट–वान पनि सफल प्रक्षेपण गरिसकेको छ ।

नाष्टका प्रविधी संकाय प्रमुख डा. रविन्द्र ढकालले नेपालीले नै भू–उपग्रह निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गर्न विभिन्न संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको बताए । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले विद्यार्थीले चाहेको कुरा विद्यालयमा सिक्न पाउनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका स्कुल अफ मेडिकल साइन्सेसका डिन डा. राजेन्द्रप्रसाद कोजूले प्रविधीको क्षेत्रमा धेरै विकास भएको भन्दै खुशी व्यक्त गरे । परियोजनामा सहभागी विद्यार्थीहरुले आफूहरुले सुनौलो अवसर पाएको प्रतिकृया दिएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top