NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

विद्यालय तहमा पुनः संस्कृत अध्यापन हुने, पाठ्यक्रम र पुस्तक तयार

बुधबार बैशाख २४ , २०७७
Reading Time: 1 min read
A A
विद्यालय तहमा पुनः संस्कृत अध्यापन हुने, पाठ्यक्रम र पुस्तक तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ वैशाख, काठमाडौँ ।
नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ ।

तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ ।

भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताए । आयोगले अन्य मातृभाषाका पाठ्क्रम पनि तयार पार्न केन्द्रलाई सिफारिस गरेको थियो ।

LS Auto

त्यसअनुसार अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझीलगायत मातृभाषाका पाठ्यक्रमका साथै कक्षा १ को पाठ्यपुस्तक पनि तयार पारेको छ । यसैगरी पाली र भोट भाषाको पनि पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पारी पठनपाठन गराउने गरी काम भइरहेको छ ।

भोट भाषामा विभिन्न गुम्बामा अध्ययन अध्यापन भइरहे पनि पाली भाषामा पहिलोपटक पठनपाठन गर्ने गरी काम भइरहेको हो । संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो ।

पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालु शैक्षिक वर्षदेखि नै लागु गर्ने गरी तयार पारिएको हो । संस्कृतको पुस्तक सजिलोका लागि नेपाली र अङ्ग्रेजीमा पनि पुस्तक तयार पारिएको छ । केन्द्रले केन्द्रीय तहबाट चार विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्ने गरेको छ ।

नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरोको पाठ्यक्रम र पाठ्यपुस्तक सङ्घीय सरकारले तयार गर्ने गरेको छ । स्थानीय तहले मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गर्न सक्छन् । मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार नपार्ने स्थानीय तहले कक्षा १ गतेदेखि ८ सम्म संस्कृत भाषा पठनपाठन गराउन सक्छन् ।

वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ । सन् २०३४ मा संस्कृत भाषामा प्रयोग गरिने कम्प्युटर बजारमा आइसक्ने छ ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको केन्द्रको भाषा शाखाप्रमुख निर्देशक अधिकारी बताउँछन् । प्रविधिका माध्यमबाट अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ ।

अन्तरिक्षमा उपयोग गर्न कम्प्युटरमा सबैभन्दा सहजरूपमा प्रयोग गर्न सकिने भाषा संस्कृत भएको भन्ने नासाको अध्ययनले देखाएकाले अब संस्कृत भाषा नजान्नेले प्रविधिको दुनियामा काम गर्न नसक्ने दिन आउने भएकाले भाषा सिक्नु आवश्यक रहेको संस्कृत व्याकरणका शिक्षक निश्चल अधिकारीले बताउँछन् ।

यसैकारण हाल बेलायत, जर्मन र अमेरिकाका विभिन्न विद्यालयमा समेत संस्कृत भाषाको पठनपाठन भइरहेको छ । नेपाली भाषा राम्रो बनाउन चाहनेका लागि पनि संस्कृत जान्नु आवश्यक हुने भएकाले समेत विद्यार्थीमा संस्कृत सिक्ने चाहना बढ्न थालेको छ ।

विसं २०५८ अघि साधारण माध्यमिक विद्यालयमा पनि कक्षा ८ सम्म सरल संस्कृत विषयको पठनपाठन गरिन्थ्यो । तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले धेरै विद्यालयमा संस्कृतको पुस्तक जलाउँदै नपढाउन धम्की दिएपछि पठनपाठन स्थगित भएको थियो ।

त्यसबेला ५० पूर्णाङ्कको संस्कृत अध्यापन हुने गरेकामा यसपटक १०० पूर्णााङ्कको पाठ्यविषय तयार भएको छ । सरल संस्कृत विषय कक्षा ४ देखिमात्र थियो भने अहिले कक्षा १ देखि नै पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको छ ।

पछिल्लो समय निजी विद्यालयको सक्रियतामा पनि संस्कृत भाषाको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार भएको थियो । जियर शैक्षिक फाउन्डेशनका सक्रियतामा तयार भएको पाठ्यक्रम हाल देशभरका करीब ५० वटा निजी विद्यालयमा लागू भइरहेको छ ।

संस्कार, संस्कृति, नैतिकता, आचारवान् नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै फाउन्डेशनको नेतृत्वमा अभियान चलेको छ । सरल संस्कृत भाषासँगै नैतिक शिक्षा विषयलाई पनि पाठ्यक्रमबाट हटाउँदा समाज विकृत बन्दै गएको यस क्षेत्रमा क्रियाशील अभियानकर्मीको भनाई छ ।(रासस)

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.