डब्लुएचओको टोली नेपालगञ्जमा

२३ बैशाख ७७, बुधबार

२४ वैशाख, बाँके ।
लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली नेपालगञ्ज आइपुगेको छ ।

नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली मंगलबार नै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८, महेन्द्रपार्क नजिक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरूको विस्तृत विवरण खुलाइएको छैन ।

Advertisement

डब्लुएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ । बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ ।

समुदायस्तरमा स्वाब सङ्कलन सुरु

नेपालगञ्जको कोरोना सङ्क्रमित वडा नं ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन सुरु भएको छ ।

उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा मंगलबार बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका क्षेत्रबाट स्वाब सङ्कलन सुरु गरिएको छ ।

गत शुक्रबारदेखि मङ्गलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ । स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओको टोली नेपालगञ्ज आएर सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा जुटेको श्रेष्ठले जानकारी दिए ।

ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको खोजी गरी धेरैभन्दा धेरैजनाको स्वाब सङ्कलन गर्न यही वैशाख २५ गते मध्यरातसम्म उपमहानगरपालिका क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले जानकारी दिए ।(रासस)

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top