विराजको सम्मानजनक बिदाइ

१६ चैत ७७, मंगलबार

१७ चैत, काठमाडौँ । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भने । उनको बिदाइ खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रह्यो ।

३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गरे । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदानमा प्रवेश गर्नुभएको थियो । विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिताए । खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो । विराजले सन्न्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु भन्दै थपे, “मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।”

Advertisement

विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । उनीपछि नेपालका लागि सबभन्दा बढी खेल राजुकाजी शाक्यले ६८ खेल खेलेका छन् । विराज नेपालका सर्वाधिक सफल फुटबल खेलाडी तथा कप्तानमध्ये एक पनि हुन्।

सन् २०१६ मा नेपालले लगातार तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको थियो । त्यो पनि विदेशी भूमिमा जसको तुलना हुन सक्दैन । जुन गौरव नेपाली फुटबलमा पहिलो पटक सम्भव भएको हो । यी तीन उपाधि जित्दा विराज टिमका कप्तान थिए । उनले एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् । उनले १८ खेलमा नेपालको कप्तानी गरेका छन् ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top