विराटनगरमा खुल्यो ‘द रोयल बिर्यानी हाउस’, एक सयमा बिर्यानी

२७ पुस ७६, सोमबार

२७ पुस, विराटनगर ।
वैदेशिक रोजगारी मात्र होइन सीप र समय दिने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन विराटनगरका ४ युवा । विदेशमा लामो समय अनुभव संगालेका व्यक्तिहरु मिलेर विराटनगरमा ‘द रोयल बिर्यानी हाउस’ सञ्चालनमा ल्याएका छन् । साउदीमा काम गरेर आएका तीन जना र विराटनगरका स्थानीय पप्पु अन्सारीले विराटनगरको ट्राफिक चोक दक्षिणमा सो बिर्यानी हाउस सञ्चालनमा ल्याएका हुन् ।

बिर्यानी हाउसको आइतबार विराटनगर–९ का वडाअध्यक्ष विश्वनाथ भगतले उद्घाटन गरे । स्वादिष्ट र सस्तो भएकोले बिर्यानी हाउसले ग्राहकहरुको मन जित्ने वडाअध्यक्ष भगतले बताए । विगत तीन महिनादेखि नै सञ्चालनमा आएको बिर्यानी पसलमा ग्राहकको अत्याधिक भिँड लागेपछि त्यसकै नजिक अर्को शाखा सञ्चालनमा ल्याईएको ‘द रोयल बिर्यानी हाउस’का सञ्चालक पप्पु अन्सारीले बताए । बिर्यानी हाउसका दुवै पसल गरेर १५ लाख लागत लागेको उनले जानकारी दिए ।
सञ्चालक मध्ये कमाल श्रेष्ठ १५ वर्ष आमिर लिम्बु ८ वर्ष र यासिर घिमिरे ५ वर्ष साउदी बसेर आएका हुन् । विदेशमा कमाई भएपनि स्वदेशमै केही गरेर स्वरोजगार बन्ने उद्देश्यले नेपालमा आएर बिर्यानी हाउस सञ्चालन गरेको उनीहरु बताउँछन् । विदेशमा लामो अनुभव बोकेर विराटनगरमा सञ्चालन गरिएको बिर्यानी हाउसले विराटनगरबासीलाई बिर्यानीको वास्तविक स्वाद चखाउने अन्सारीले बताए ।

Advertisement

बिर्यानी हाउसमा चिकेन बिर्यानी, मटन बिर्यानी, कोप्ता बिर्यानी, फिस बिर्यानी, भेज बिर्यानी पाईने जनाईएको छ । अन्य ठाउँहरुमा महँगो मूल्यमा बिर्यानी बेच्ने गरिएको भएपनि सो बिर्यानी हाउसमा रु सय रुपैँयामा चिकेन बिर्यानी पाईन्छ भने मटन बिर्यानी रु २०० मा पाइन्छ । १०० रुपैँया मुल्यदेखि सुरु भएको बिर्यानीका धेरै आईटम भएको र आईटम अनुसार फरक फरक मुल्य रहेको अन्सारीको भनाई छ । अहिले विर्यानीलाई नै प्रथामिकता दिए पनि भविष्यमा मटन र चिकेनका अन्य आईटमहरु पनि राखिने उनले बताए ।

Advertisement

हाल सञ्चालनमा आएको बिर्यानी हाउसमा एक पटकमा ४८ जनाको क्षमता रहेको छ । अन्य होटलमा म्युजिक सिस्टम भएपनि आफुहरुले बिर्यानी हाउसमा लाईब्रेरी कन्सेप्ट ल्याएको र बिर्यानी हाउसले भिजिट नेपालको समेत प्रवद्र्धन गर्ने अन्सारीले बताए । बिर्यानी आउसमा अहिले बिर्यानी खाने र घर लैजानेको लाइन लाग्ने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सम्बन्धित समाचार

Scroll to Top