विराटनगर,असार २५
दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा आजदेखि सुरु भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा भारतीय शैक्षिक मेला सुरु भएको हो । मंगलबारसम्म रहने शैक्षिक मेलामा भारतको विभिन्न स्थानमा रहेका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागिता रहेको छ ।
प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापाले जानकारी दिए । मेलामा सहभागी हुने विद्यार्थीले भारतका विभिन्न प्रतिष्ठित कलेजको विषयमा जानकारी लिनसक्ने उनको भनाइ छ ।
मेलामा पहिलो दिन विराटनगरसहित, इटहरी, धरान र इनरुवाका विद्यार्थीले सहभागीता जनाएका थिए । पहिलो दिन ५ सय जना विद्यार्थीले शैक्षिक मेलामा आएको आयोजकको दाबी छ । मेलामा भारतको कलकता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता छ ।