विराटनगरमा पूर्व प्रधानाध्यापकद्वारा प्रधानाध्यापक कुटिए

१५ असार ७५, शनिबार

विराटनगर,असार १६
विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विराटनगरमा एकजना प्रधानाध्यापक कुटिएका छन् । विराटनगर–१४ स्थित जनता बाल आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार यादवलाई सोहि विद्यालयका पुर्व प्रधानाध्यापक एवम राहत शिक्षक समेत रहेका बिरेन्द्र यादवको समुहले कुटपीट गरेको हो ।

पीडित यादवले आज नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि कुटपिट भएको जानकारी गराए। यादवले विराटनगर महानगरले विद्यालयमा दरबन्दीको शिक्षक कार्यरत रहेको अबस्थामा राहत शिक्षकलाई प्रअ बस्न नमिल्ने पत्राचार गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र शिक्षकहरुको बैठकले आफुलाई प्रअ तोकेर बिरेन्द्रलाई प्रअबाट हटाएको रीसइवीले कुटपिट गरिएको बताए । शुक्रबार ब्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा पूर्व प्रअ बिरेन्द्र यादव, उनका भाई सुरेन्द्र यादव र रबिन्द्र, छोरा सुधिर र विशाल र साजन ऋषिदेवले कुटपिट गरेको पीडित यादवले जानकारी दिए ।

कुटपिट गर्ने बिरेन्द्र र उनका भाइ सुरेन्द्र सोहि विद्यालयमा राहत शिक्षकमा कार्यरत रहेको उनको भनाइ छ । भाटा र मुक्का प्रहार गर्दै गरिएको कुटपीटका कारण आफ्नो जिउभरि निलडाम बसेको र लुगा पनि च्यात्तिएको पीडित यादवले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top