×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

रोजगार सुचना एवम् अवसर माथीको पहुँच अभिबृद्धि विषयक अन्तरकृया सम्पन्न

१६ असार २०७५

विराटनगर, असार १६
रोजगार सुचना एवम् अवसर माथीको पहुँच अभिबृद्धि विषयक एक दिने अन्तरकृया कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजना तथा रोजगार सुचना केन्द्र श्रम कार्यालय विरानगरको समन्वय तथा कोइका र अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) को सहयोगमा शनिबार विराटनगरमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिका अध्यक्ष शिवा उपाध्याय(अञ्जु)ले घरेलु महासंघले रोजगार सुचना केन्द्र सँगको समन्वयमा रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरु विच पुलको काम गरिरहेको र बेरोजारलाई रोजगारिको अवस्था सृजना गराएर दक्ष कामदार अभाव न्युनिकरण गर्न सहयोग पु¥याई रहेको बताईन ।

Advertisement
Advertisement

उनिले तिनै तहको निर्वाचन सम्पन्न भएर तिनवटै तहमा सरकार गठन भई सकेकाले नेपाल घरेलु तथा साना उद्योग महासंघ पनि अब देशका सवै नगर तथा गाउँपालिकाहरुमा विस्तार गरिनुपर्ने बताईन ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले नेपालमा कामदार भन्दा पनि दक्ष कामदारको अभाव भएकाले विदेशी नागरिकलाई बाध्य भएर रोजगारि दिनुपरिरहेको बताए । उनले यदि शिप सिकेर दक्ष बनेको खण्डमा रोजगारिका प्रयाप्त सम्भावना स्वदेशमै रहेको बताए ।

उपाध्यायले विभिन्न विश्वविद्यालय र प्राविधिक शिक्षालयहरुसँग महासंघले सहकार्य गरि उत्पादीत जनशक्तिलाई रोजगारिको अबसर सृजना गरिदिने गरेको र अब महासंघले अन्य शिक्षण संस्था तथा प्राविधिक शिक्षालयहरु सँग पनि सहकार्य गर्दै अघि बढ्ने बताए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष समेत रहेका उपाध्ययले विराटनगर महानगरपालिका सँग सहकार्य गरि महासंघ मोरङले छुट्टै रोजगार सुचना केन्द्रसमेत स्थापना गरि औद्योगिक क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ती गर्नुपर्नेमा पनि जोड दिए ।

सो अबसरमा महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापतिले कामदार र रोजगारदाता विचको सम्वन्ध सुमधुर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का महासचिव भैरव रिजालले महिलाहरु व्यूटिसियन तथा सिलाई कटाई तालिममा मात्र सिमित नभएर अन्य प्रकारका तालिमहरुमा पनि सहभागि बनि दक्ष बन्नुपर्नेमा जोड दिए ।

सो अबसरमा श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले नेपाल सरकारले जारि गरेका श्रम ऐन र निति निर्देशिकाका विषयमा प्रकास पारेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका निमित्त प्रमुख शुशिला श्रेष्ठले तालिम केवल तालिमका लागि मात्र नभएर उपयोगि हुनुपर्ने बताइन् । उनले उद्योगी व्यवसायीले पनि तालिम लिएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने बताईन् । निमित्त प्रमुख श्रेष्ठले सरकारी सेवा सुविधा प्राप्त गर्न उद्योग अनिवार्यरुपमा दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाब दिइन् ।

Advertisement
Advertisement

कार्यक्रममा विभिन्न उद्यमीहरुले सञ्चान गरेको एक महिने तालिमका सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले सञ्चालन गरेकि थिइन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top