विराटनगरमा ५० तल्ले भ्यू टावर बन्ने

विराटनगर, असोज २१
विराटनगरबासीको लामो प्रतिक्षाको विषय बनेको भ्यू टावर अन्तत अब बन्ने भएको छ । महानगरले विराटनगरमा ५० तल्ले भ्यू टावरको निमार्ण गर्ने तयारी सुरु गरेको छ । सत्यनारायण मन्दिर व्यवस्थापन समितिले ९९ बर्षको लिजमा भ्यू टावर निर्माणको लागी २ विगाहा ८ कठ्ठा जमीन उपलब्ध गराएसँगै भ्यू टावर बन्ने पक्का भएको हो ।

व्यवस्थापन समितिका अध्यक्ष बल्लभ अधिकारी , संरक्षक सल्लाहाकार एवं पूर्व सचिव किशोर थापाले महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीलाई एक समारोहका बीच जग्गा हस्तान्तरण गरेका हुन् । विराटनगर—३ स्थित औषधि व्यवस्था कार्यालय नजिक धरान रोडसँग जोडिएको सो जग्गा आयल निगम कार्यालय नजिकै पर्दछ ।

मेयर पराजुलीले भ्यू टावर निर्माणको डीपीआर सुरू गरेर भवनको डीजाईन चाडै गरिने बताए । ५० तल्ले भ्यू टावर भित्रै रेष्टुरेन्ट र वरपर रमणिय पार्क बन्नेछ ।

Advertisement

भ्यू टावरकै जग्गामा औद्योगिक पर्दशनी स्थलको समेत निर्माण गरिनेछ । विराटनगर औद्योगिक राजधानी भएर पनि एउटा पनि औद्योगिक पर्दशनी स्थल रहेको छैन । टावर निर्माणको लागी संघीय सरकारले ५० करोड रूपैया सहयोग उपलब्ध गराउने वचन यसअघि नै दिएको मेयर पराजुलीले जानकारी दिए । पर्यटकीय पूर्वाधारको अभाव खडकिरहेको महानगरमा भ्यू टावरको निर्माणलाई महत्वका साथ हेरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top