विराटनगर, पुस ६
विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढेको छ ।
मंगलबार राती भएको बर्षापछि तराईका ठाउँहरुमा विहानैदेखि बाक्लो हुस्सु र चलेको शितलहरले चिसो बढेको हो ।
चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । चिसोका कारण मानिसहरुको आवतजावत पनि कम हुन थालेको छ ।
चिसोकै कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, हाडजोर्नी, निमोनिया लगायतका बिरामीको चाप बढन थालेको छ ।
विराटनगरको आज बिहानको तापक्रक ११.८ डिग्री सेल्सियस रहेको छ ।