विश्वकपमा अर्जेन्टिनाको सम्भावना कायमै, यी तीन देश भिड्दैछन् आज

विराटनगर : विश्वकप अन्तर्गत शुक्रवार रातिको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २—० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य अर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना केही बढेको छ ।

भोग्लोगार्ड एरिनामा भएको खेलमा अहमद मुसाले मध्यान्तरपछिको खेलमा दुई गोल हानेका थिए। मंगलवार नाइजेरिया र अर्जेन्टिना बीच सेन्टपिटर्सवर्गमा भिडन्त हुँदैछ, जसको परिणामले उक्त समूहबाट कुन देश दोस्रो चरणमा पुग्नेछ भन्ने निक्र्याेल गर्ने छ ।

शुक्रवारका अन्य खेलमा स्विट्जरल्याण्डले सर्बियालाई २—१ ले र ब्राजिलले कोष्टारिकालाई २—० गोलअन्तरले पराजित गरेका छन । समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराए अर्जेन्टिना सुरक्षित रूपमा दोस्रो चरण पुग्न सक्नेछ ।

Advertisement

तर त्यसका लागि अर्को खेलमा आइसल्याण्ड हाल समूह विजेता रहेको क्रोएसियासँग पराजित हुनुपर्नेछ । आइसल्याण्ड उक्त खेलमा विजयी भए गोल अन्तरले दोस्रो चरणमा को पुग्नेछ भन्ने निर्धारण गर्नेछ । अर्जेन्टिनालाई हराए नाइजेरिया दोस्रो चरणमा पुग्नेछ ।

आइसल्याण्डले क्रोएसियालाई पराजित नगरेको अवस्थामा अर्जेन्टिनासँग बराबरी खेल्दा मात्रै पनि उक्त आफ्रिकी टोलीले विश्वकपको उत्कृष्ट १६ मा आफ्नो स्थान बनाउनेछ।

Advertisement

शुक्रवार भएको पहिलो खेलमा फिलिपे काउटिन्हो र नेयमारले अतिरिक्त समयमा गोल गरेपछि ब्राजिलले विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ । ब्राजिलका लागि अतिरिम्त समयमा कोउटिन्हो र विश्वका सर्वाधिक महङ्गा खेलाडी नेयमारले डगलश कोष्टाले दिएको बलमा गोल गर्दै ब्राजिललाई जिताएका हुन ।

शुक्रवारकै अर्को खेलमा युरोपेली देश स्विट्जरल्याण्डले विश्वकपको दोस्रो चरणमा आफूलाई र्पुयाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सर्बियाविरूद्ध अन्तिम समयमा स्टोक सिटीबाट खेल्ने स्ट्राइकर साकिरीले उत्कृष्ट शैलीमा एक्लै गोल गरेपछि स्विट्जरल्याण्ड विजयी बनेको थियो।

विश्वकपमा आज
विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘जी’को खेलमा बेल्जियम र ट्युनिसिया भिड्नेछन् । यो खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० ले हराएको थियो भने ट्युनिसियाले इंग्ल्याण्डसँग २–१ को हार बेहोरेको थियो । आजै बेलुकी पौने ९ बजे दक्षिण कोरिया र मेक्सिको भिड्नेछन् ।

पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हराउँदा दक्षिण कोरियालाई स्वीडेनले १–० ले पराजित गरेको थियो । यही समूहको अर्काे खेलमा जर्मनी र स्वीडेन आमने–सामने हुँदैछन् ।

यो खेल नेपाली समय अनुसार आज राति पौने १२ बजे सोचीस्थित ओलम्पिक रंगशालामा हुनेछ । पहिलो खेलमा मेक्सिकोसँग पराजित जर्मनी आज जित्नैपर्ने दबाबमा छ ।

उता पहिलो खेलमा कोरियालाई हराएको स्वीडेन भने आज साविक विजेता जर्मनीलाई कुनै पनि हालतमा रोक्ने अभियानमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top