×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

विश्वकै दोस्रो अग्लो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ पनि सञ्चालन

३० बैशाख २०७७

३० बैशाख, पर्वत ।

साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो ।

Advertisement
Advertisement

दशैँ–तिहारमा बाँस गाडेर बनाइने पिङ लिङ्गेपिङजस्तै जमीनबाट १२ मिटर उचाइका फलामे स्तम्भमा पिङ बनाइएको हो । कालीगण्डकीमाथि निर्माण भएको बन्जीपुल २२८ मिटर अग्लो छ भने लिङ्गेपिङ पुलबाट २० मिटरसम्म जान सकिने भएकाले उचाइसहित २४८ मिटर अग्लो छ ।

विश्वमा सबैभन्दा अग्लो लिङ्गेपिङ चीनमा छ । उक्त पिङ जमीनबाट २५ मिटर अग्लो छ । तर जमीनमा २५ मिटर भए पनि कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा २५० मिटरबाट जमीनलाई तल देख्न सकिने बन्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार यो पिङमा बन्जीजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएको छ । अन्य लिङ्गेपिङमा मानिसले नै मच्चाइदिने र खेल्ने मानिस नै मच्चिनुपर्ने हुन्छ । यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाइमा जान सक्छन् । ‘नेपालका लागि यति धेरै उचाइमा लिङ्ेपिङ सुविधा दिएर थप साहसिक खेलको शुरुआत गरेका हौँ’, उनले भने, ‘नेपालमा यस्तो प्रविधिमा सञ्चालित पिङ पहिलो हो भन्दा हुन्छ ।’

Advertisement
Advertisement

कुश्माकै बन्जी नजिक यसअघि सञ्चालित पिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका छन् । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा व्यावसायिकरूपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top