NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

विश्वकै धनी बन्न एलन मस्कले के के गरे ? (भिडियो)

शुक्रबार पुस २४ , २०७७
Reading Time: 1 min read
A A
विश्वकै धनी बन्न एलन मस्कले के के गरे ? (भिडियो)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ पुष । कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन ।

ब्लुमबर्ग पत्रिकाका अनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्याएसँगै मस्क अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन । बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात १ सय ८७ छ । कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन । बिल गेट्स, १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा छन । मस्कले सन् २०२० मा मात्र १४० अर्ब सम्पत्ति जोडेका थिए । फोब्र्स पत्रिकाका अनुसार, उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो । मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो ।

२८ जुन १९७१ मा दक्षिण अफ्रिकामा जन्मिएका मस्क क्यानडेली–अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । १० वर्षको हुँदा उनले पहिलो कम्युटर किने र प्रोग्रामिङ कोडका विषयमा आँफै सिके । १२ वर्षको उमेरमा, ब्ल्यास्टार नामक भिडियो गेम निर्माण गरे र ५ सय डलरमा बेचे । १९८८ मा प्रिटोरिया ब्वाइज हाई स्कूलबाट स्नातक गरेपछि मस्क ५ महिना प्रेटोरिया विश्वविद्यालयमा पढे त्यसपछि उनी क्यानाडा बसाइँ सरी १९८९ मा ओन्टारियोको क्वीन्स युनिभर्सिटीमा पढे । क्वीन्स युनिभर्सिटीमा दुई बर्ष पछि मस्क अमेरिका गएर बाँकी पढाई गरे । मस्कले भौतिक विज्ञानमा स्नातकको साथसाथै वार्टन स्कूलबाट अर्थशास्त्रमा कला स्नातक पनि गरेका छन् । क्यालिफोर्नीयाको स्ट्यानफोर्ड युनिभर्सिटीमा २४ वर्षको उमेरमा भौतिक विज्ञानमा पीएचडी गर्न पुगे तर आफ्नो उद्यमी दृष्टिका कारण उनले २ दिनमै छाडे । मस्कले १९९५ मा पहिलो पटक कान्छो भाई किम्बलको साथमा जिप २ नामको वेब सफ्टवेयर कम्पनी शुरू गरेका थिए ।

LS Auto

संसारको धनी व्यक्ति बनेका मस्कले पैसा कमाउनु र सफलताप्रतिका फरक दृष्टिकोणहरु राख्ने गरेका छन् । उनले व्यापार गरेपनि व्यापारलाई सँधै पैसासँग मात्र सम्बन्धित नरहेको बताउँछन् । उनले धनले मात्र आफूलाई नतान्ने विचार राख्छन् । ५० वर्ष लागेका मस्कले आफ्नो मृत्यु धनी व्यक्तिकै रुपमा नहुने ठानेका छन् । उनी आफ्नो अधिकांश पैसा मङ्गल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् । उनी बिल गेट्सले राम्रो कामका लागि रकम खर्च नगरेर असफल भएको रूपमा हेर्छन । उनी ठूला सपना देख्न रुचाउने मानिस मध्येमा पर्छन । उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मङ्गल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन । मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन । उनले सन् २००२ मा उनका सुरुका दुई वटा उद्यमहरू बिक्री गरेका थिए । एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्काे अनलाइन भुक्तानी सेवा पेपाल थियो । पछि उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए । स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो । त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन । उनले पैसा लगानी गर्दै गए । ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्याे । मस्कको व्यापारमा सफलताको अर्काे सूत्र हो– आलोचकको कुरा नसुन्नु । उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन । त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ । मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन । टेस्ला मोडेल–३ का लागि उनले लगातार सातामा १२० घण्टा काम गरेको दाबी गरिन्छ ।

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.