काठमाडौं,भदौ २५
सरकारले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप्स सार्वजनिक गरेका हुन् ।
मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एप्स ल्याएको बताए । एप्सबाट डिमाण्ड लेटरलाई दुताबासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन् । त्यस्तो जानकारी सबैले मोबाइल एप्सबाटै प्राप्त गर्न सक्ने उनले मन्त्री बिष्टले बताए ।
सोही एप्सबाट वैदेशिक रोजगार व्यवसायीले लिएको सेवा शुल्क, स्वास्थ्य परिक्षण गर्ने डाक्टर लगायतका विवरण पनि आउनेछ । सोमबारबाट सुरु भएको एप्सको पुर्ण कार्यान्वयन भने असोज १५ गतेबाट मात्रै हुनेछ ।(विकास न्युजबाट)