संसद विघटनबारे सभामुख सापकोटाले संविधान तथा कानून विदसँग परामर्श गर्ने

१२ जेठ ७८, बिहीबार

१३ जेष्ठ, काठमाडौँ ।
प्रतिनिधिसभा विघटनका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन् । दिउँसो १ बजे सुरु हुने परामर्श कार्यक्रममा कानुनसँग सम्बन्धित संस्थाका प्रतिनिधिलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञविशेषज्ञहरूसँग मूलतः प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा परामर्श गर्न लाग्नुभएको हो, न्यौपानेले भने ।

Advertisement

परामर्शमा वरिष्ठ अधिवक्ताहरू, संविधानविद्, कानुनविद्लाई बोलाइएको उनले जानकारी दिए । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट पनि परामर्श कार्यक्रममा सहभागिता रहने उनले बताए ।

कार्यक्रममा केही व्यक्ति प्रत्यक्ष र केही व्यक्तिहरू भर्चुअल माध्यमबाट सहभागी हुने बताइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Advertisement

प्रतिनिधिसभा विघटनको राजनीतिक दल, नागरिक समाज, संविधानविद्लगायतले विरोध गरिरहेका छन् । सभामुखले प्रतिनिधिसभा विघटनबारे यसअघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top