कोरोनाको उत्पतिबारे ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायलाई बाइडेनको आदेश

१३ जेष्ठ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिएका हुन् ।

आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।

Advertisement

सन् २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए ।

वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।

Advertisement

गएको महिना विश्वस्वास्थ्य संगठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको बताएको थियो ।

तर थप स्पष्ट हुन अध्ययनको खाँचो रहेको भने डब्लुएचओले उल्लेख गरेको थियो ।

हालै अमेरिकी गुप्तचर निकायको सूचना अनुसार कोरोना भाइरसको पहिलो प्रमाणित केस थाहा हुनु भन्दा केही हप्ता पहिले नै वुहानको प्रयोगशालाका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र अस्पतालको सहायता लिनु परेको उल्लेख रहेको खबर सार्वजनिक भयो ।

त्यसपछि कोरोना भाइरसको उत्पतिलाई लिएर रहँदै आएको आशंकामा थप बल पुगेको छ । अमेरिकाले डब्लुएचओसँग भएको स्वास्थ्य मन्त्री स्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनु पर्ने बताइसकेको छ ।

बुधबार राष्ट्रपति बाइडेनले वक्तव्य जारी गरेर आफूले सत्ता सम्हाले लगत्तै कोरोना भाइरसको संक्रमणको सुरुवातका सम्बन्धमा प्रतिवेदन माग गरेको उल्लेख गरेका छन् ।

संक्रमित जनावरसँग मानिसको सम्पर्क वा प्रयोगशालामा भएको दुर्घटनाका कारण मानिसमा भाइरसको संक्रमण फैलिएको हो भन्ने बारे आफूले प्रतिवेदन माग गरेको बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् ।

यो महिना आफूले प्रतिवेदन पाए र त्यसमा थप अध्ययन गर्न भनेको उनले बताएका छन् । अमेरिकी गुप्तचर निकायहरु कोरोना भाइरसको उत्पति र मानिसमा संक्रमणका सम्बन्धमा दुई सम्भावित कारणहरुको नजिक पुगेको तर दुवैबाट स्पष्ट निष्कर्ष भने नआएको बाइडेनले बताएका छन् ।

बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धानलाई पारदर्शी एवम् तथ्यमा आधारित अन्तर्राष्ट्रिय अध्ययन बनाउनका लागि पूर्णरुपमा सहभागी हुन तथा सम्बन्धी सम्पूर्ण तथ्य–तथ्यांक एवम् प्रमाणमा पहुँच दिन निरन्तर दबाब दिइरहने बताएका छन् ।

कोरोना भाइरसबाट विश्वभर १६ करोड ८० लाख भन्दा बढि संक्रमित भएका छन् । यस्तै कोभिड–१९ बाट विश्वभर ३५ लाख भन्दा बढि मानिसको मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top