सञ्चारकर्मी सञ्चार सहकारीले तीन पत्रकारलाई पुरस्कृत गर्ने

२१ असार ७५, शुक्रबार

विराटनगर,असार २२
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवसको अवसरमा मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार पत्रकार अभयकुमार राईलाई प्रदान गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवसको अवसरमा पारेर प्रत्येक वर्ष प्रदान गर्दै आएको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार अभय राईलाई प्रदान गरिने भएको हो ।

पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुईटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भैसकेका छन् । यस्तै सञ्चारकर्मी सहकारीबाट तीन वर्षदेखि प्रदान गर्दै आएको मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार २०७५, उर्लाबारीकी पत्रकार ज्योति चौहानलाई प्रदान गर्ने भएको भएको छ ।

यस पुरस्कारको राशी नगद १० हजार छ । यस पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भैसकेका छन् । यस्तै यस संस्थाले यसैवर्षदेखि दिने घोषणा गरेको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार २०७५ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गर्ने भएको छ ।

Advertisement

समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले तीन लाखको अक्षयकोष पनि खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरिका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ ।

अन्य दुई पुरस्कार चाहिं मोरङ जिल्लामा कार्यक्षेत्र भएका पत्रकारलाई मात्र सम्मान गरिने छ । जसमा मीनादेवी महिला पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो ।

Advertisement

तीनै वटा पुरस्कार संस्थाको सातौ स्थापना दिवसको अवसरमा यही २०७५ साल असार २७ गते विराटनगरमा प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top