सन्दीप प्लेईङ सेटमा, कोहलीको विकेट झार्लान् ?

0SHARES

२४ चैत्र २०७५ नेपाल टाईम्स

एजेन्सी, चैत २४
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले अहिले रोयल च्यालेन्जर्स बैंगलोरसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले आफ्नो छैटौं खेलमा बैंगलोरसंग खेल्न लागेको हो । र, बैंगलोरविरुद्ध दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेलका लागि दिल्लीले युवा लेग स्पिनर सन्दीपलाई सुरुवाती ११ मा राखेको छ । योसंगै सन्दीपले जारी सिजन चौंथो खेलमा दिल्लीको टिममा स्थान बनाउन सफल भएका छन् । सुरुवाती दुई खेलमा टिम बाहिर रहेका सन्दीपले त्यसपछिका लगातार चौंथो खेल खेल्न लागेका हुन् । सन्दीपले पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् । सन्दीपले पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारीसकेका छन् । बैंगलोरविरुद्ध विकेट लिए सन्दीपले टी(ट्वान्टी क्रिकेटमा आफ्नो ५० औं विकेट पुरा गर्ने छन् ।

विज्ञापन बक्स