‘सबै सार्वजनिक स्थललाई क्वारेन्टाईन र आईसोलेसन बनाऊँ’

२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोभिड नियन्त्रणको लािग स्थानीय तह र प्रदेशसँगको समन्वयमा प्रभावकारी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल वेड, आइसीयू वेड, आइसोलेसन केन्द्र, क्वारेन्टाईन र होल्डिङ्ग सेन्टरको व्यवस्थापन, संचालन र अनुगमन गर्न कांग्रेसले आग्रह गरेको छ ।

नेपाली कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार एक विज्ञप्ती जारी गरी केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा विकसित गरी सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।

Advertisement

कांग्रेसले जारी गरेको विज्ञप्तीमा आवश्यक वेड, आइसीयू वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधि तथा अन्य जीवनरक्षाका औषधिको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गरिएको छ ।

साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन पनि कांग्रेसले सुझाव दिएको छ ।

Advertisement

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मीको बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न कांग्रेसले माग गरेको छ ।

सीमा नाकाबाट स्वदेश भित्रिरहेका नागरिकलाई अनिवार्य पीसीआर परीक्षण गर्ने, परीक्षणको नतिजा नआउन्जेल होल्डिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तिलाई स्थानीय तहको समन्वयमा आईसोलेशन केन्द्रमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

‘नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख अद्यावधिक राख्न, संक्रमितको पहिचान र कन्ट्रयाक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सम्बधित सबै निकायलाई आग्रह गर्दछ’, कांग्रेसको विज्ञप्तीमा भनिएको छ ।

लकडाउनका कारण रोजगार गुमाएका आमनागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नु परेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होल्डिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाई गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ ।

आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागि उपयोग गर्न आवश्यक पहलकदमी गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top