मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

२३ बैशाख, काठमाडौं । मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।

निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेदेखि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । मलेसिया सिनियर मन्त्री दातुक सेरी स्लामाइ साबरी याकोबले चार देशका नागरिकको प्रवेशमा रोक लगाउने घोषणा भने गरिसकेका छन् ।

यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

भारतमा पछिल्लो समय कोरोना महामारी बढेसँगै अप्रिल २८ देखि नै मलेसिया र भारतबीच हुने उडानहरूमा मलेसियाले प्रतिबन्ध लगाइसकेको छ । यी देशबाट आउने आफ्ना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेण्टीन बस्न पर्ने मलेसियाले जनाएको छ ।

नेपाल सरकारले पनि बिहीबार मध्ये रातीदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । भारतमा भने हप्तामा दुई दिन उडान हुनेछ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कंनेहरु पनि रोकिएका छन् ।

यस्तै नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकिनेछ । विदेशबाटै पनि अनलाइन पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top