सभामुखलाई सुझाव – ‘लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस्’

२८ जेठ, काठमाडौं ।

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र गम्भिर धरापमा परेकोले आजको दिनमा त्यसको संरक्षण गर्नु मुख्य कर्तव्य रहेको निष्कर्ष निकालेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा भएको बैठकमा प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्ने निष्कर्ष निकालेको हो ।

Advertisement

जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको पक्षमा घच्घच्याउन सभामुखलाई सुझाव दिएको बताएका छन् । ‘सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ’बैठकपछि पत्रकारसँग कुरा गर्दै भने ।

उनले देशी विदेशी शक्ति अहिले व्यवस्था उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताए । ‘संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्,सचेत भएर अघि बढ्न सकेनौँ भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ ।’ भट्टराईले भने ।

Advertisement

दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको उनको भनाई छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल उपस्थित थिए ।

सापकोटाले पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक डाकेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top