सरकारको आर्थिक सहयोगपछि चलचित्र क्षेत्र चलायमान

२९ पौष, काठमडौँ । चलचित्र क्षेत्र पूर्ण रुपमा खुल्दै नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भए पछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ ।

नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले धन्यवाद दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ ।

यस सँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको छ। नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिबिधि कामहरु गर्न अनुमति पनि दिएको छ ।

Advertisement

यसै बिषयमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सँग नेपाल टाईमसले सरकारले गरेको सहयोग र चलचित्र क्षेत्रका गतिबिधिमा कसरी सवास्थ्य सावधानी अपनाएर काम गर्न सकिन्छ सिनेमाहल कसरी संचालनमा आउँछन् भनेर प्रतिक्रिया लिएको छ ।

कुराकानीमा अध्यक्ष अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए ।

Advertisement

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए ।

यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भिपिसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताए ।

यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने बातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताए ।

यसै गरी मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकार सँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top