घरायसी झगडाका कारण बाबुले घरमा आगो लगाउँदा दुई छोराको मुत्यु

२८ पुस ७७, बुधबार

२९ पौष, मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।

Advertisement

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top