सरकारले पर्यटकहरूको क्वरेण्टीन र कोरोना बीमाको बाध्यात्मक व्यवस्था हटायो

१३ चैत, काठमाडौँ । सरकारले नेपाल भ्रमणमा आउने पर्यटकहरूको क्वरेण्टीन अवधि र कोरोना बीमाको बाध्यात्मक अवस्था हटाएको छ ।

यसअघि नेपाल आउने पर्यटकहरूले पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने र नेपाल आएपछि अनिवार्य एक हप्ता क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था रहेकोमा अब कोरोना बीमा आवश्यक पर्ने छैन भने नेपाल आएपछि गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि पर्यटक घुम्न जान पाउने छन् ।

कोरोना बीमा र अनिवार्य क्वरेण्टीनका कारण यस पटकको वसन्त ऋतुमा पनि विदेशी पर्यटक आउन समस्या हुने व्यवसायीहरूको गुनासो थियो ।

Advertisement

अब पर्यटक नेपाल आइपुगेपछि उनीहरूकै खर्चमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ आएमा तत्कालै घुम्न जान पाउने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताए ।

कोरोना पोजेटिभ देखिएमा भने नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमा बस्नुपर्नेछ । पर्यटकका साथमा जाने नेपाली सदस्य तथा सहयोगीहरूले भने एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

Advertisement

यस्तै हवाई मार्गबाट आउने पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन–अराइभल भिसासमेत सरकारले उपलब्ध गराउने भएको छ ।

नेपालमा पदयात्रा तथा साना हिमाल आरोहणका लागि आउने पर्यटकहरू छोटो बिदामा आउने भएकोले यो व्यवस्थाले पर्यटक आगमन बढाउने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताए ।

अनिवार्य क्वरेण्टीन र पाँच हजार डलर बराबरको कोरोना बीमाका कारण आउँदो सिजनमा पनि पर्यटन व्यवसाय धराशायी हुने गुनासो गरिरहेका व्यवसायीहरू नयाँ व्यवस्थाले केही राहत दिने बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top