१३ चैत, काठमाडौँ । प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता तोकेका छन्।
सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन् ।
यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए । दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता खाली थियो ।
राष्ट्रियसभामा एमाले संसदीय दलको नेता सुमनराज प्याकुरेललाई बनाइएको छ ।
प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता बनेको पत्र प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पठाएका छन् ।
सचिवालयले उक्त पत्र प्राप्त भइसकेको जानकारी दिएको छ।