NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

सर्वोच्च ओलीकै ‘जोकर पन’को पछाडि लागे मुलुकमा हुरी बतास आउँछः प्रचण्ड

बुधबार पुस २९ , २०७७
Reading Time: 1 min read
A A
केपी ओली कमरेड होइन प्रतिगमनकारी होः अष्टलक्ष्मी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गरेका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको काठमाण्डौँ भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताएका हुन् ।

पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि पछि ओलीले संसद विघटन गरेको आरोप दाहालले लगाए । उनले प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिए । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप दाहालले लगाए ।

कलंकको टिका
अध्यक्ष दाहालले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीलेसंसद विघटन गरेर “घर मै आगो” लगाईदिएको दाबी गर्नुभयो । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टिका लगाएको दाबी उनले गरे । उनले भने “घरमै आगो लगाईदिनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने काम गर्नुभएको छ । उहाँले बाजी हार्नुभयो । उहाँले लडाई हार्नुभयो । जब उहाँले लोकतन्त्रमाथि प्रहार गर्नुभयो र संविधानमाथि आक्रमण गर्नुभयो । उहाँले लडाई हार्नुभयो । जतिबेला विदेशीको इसारामा फेरी एकचोटी नेपाल राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो उहाँले लडाईँ हार्नुभयो । त्यसकारण मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलंकको टिका लगाउनुभयो । यो मेटिदैन । ”

LS Auto

पोलिटिकल जोकर/ आँधीहुरी आउँछ
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिएका छन् । उनले भने “नौटंकी प्रहसन भईईरहेको देख्नुभएको छ । यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ । कहिलेकाही साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा । कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ । पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ । ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौ भन्ने यो नौटंकी नभए के हो यो ? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाही हो यो ? यो विक्षिप्त र बहुखुलाहट मानसिकताको उपज नभए के हो ? भनेर हामीले प्रश्न किन नगर्ने ? ”

केन्द्रीय समितिको दुई तिहाई वहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उनले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाए । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारीक पार्टी हुने भएकाले आफुहरु नै आधिकारीक भएको दोहोर्याए । सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफुहरुलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकर पनको पछाडि लागे भने मुलुकमा ठूलो आँधी हुरी आउने चेतावनी दिए ।

उनले भने “हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहा कयामत आउँछ । यहाँ आँधी हुरी बतास आउँछु । केपी ओलीले संविधान मिचे जस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटु माथि छुरा प्रहार गर्या जस्तै यदि अरु संबैधानिक निकायहरुले पनि त्यही गर्न थाले भने यो देश यी नेपाली जनता हेरेर बस्न सक्छन् ? आँधी हुरी बतास आउँछ । ”

झुटो र निर्घृणी ओली
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई ढाँडछलका कुरा गर्न “दुध भात खाए” जस्तो भएको टिप्पणी गरे । उनले भने “बिहान ११ बजे बामदेव जीलाई बोलाउनुभएछ र अबको अध्यक्ष तपाई नै हो कमरेड । प्रधानमन्त्री नि अब तपाई नै हो । मैले अरु देखिन भन्नुभएछ । उही दिन १ बजे माधव कमरेडलाई बोलाएर तपाई नै अभिभावक हो हाम्रो । तपाई उभिदिन पर्यो । अब अध्यक्ष पनि तपाई नै हो । प्रधानमन्त्री पनि तपाई नै हो भन्नुभएछ । ४ बजे म गएको, मैले त एमाले भित्र नेता नपाएर तपाईलाई ल्याएको भन्नुभयो मलाई । कस्तो सकेको हो के ? सकेको देखेर ताजुब मान्छु के उहाँलाई त ढाडढुट गर्न दुध भात खाए जस्तो के ।”

विगतमा पनि आफुहरुलाई ढाँट्दै आएका ओलीले आफु भागेर अरुलाई भगौडा भन्ने गरेको दाबी उनले गरे । उनले भने “हामीलाई भगौडा भन्नुभएछ । लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय भगौडा अनि ३० प्रतिशत पनि नभएको त्यो रैथाने । आधिकारीक त्यस्तो पनि कहीँ हुन्छ त्यो केपी ओलीको दिमाग भन्दा बाहिर ? जहिले नि बैठक बस्नु परयो भनेर जाँदा जहिले पनि भाग्ने अनि उहाँ भगौडा नहुने ? बैठकबाट जहिले पनि भाग्ने । हामीले निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्दा हामी चाँही भगौडा हुने ? ” उनले ओलीमा लाज घिन हराएको टिप्पणी गरे । उनले भने “पछिल्लो बैठक केपी ओली समेतको सहमतिको केन्द्रीय समितिको बैठक हो । त्यो बैठक छोडेर विधान मिचेर, संविधान मिचेर, निर्ममतापुर्वक, बडो निरंकुश ढंगले तानाशही रुपमा पार्टिलाई लात हानेर भाग्ने चाही भगौडा नहुने । अनि हामी निर्णय अनुसार बैठक बस्दा हामी भगौडा हुने । मान्छेमा अलिकति लाज घिन चाँही हुनु पर्छ के । मान्छेमा अलिअलि लाज नैतिक हुनुपर्छ नि । निर्रघिणी हुनुहुन्न क्या । हाम्रो केपी जी त निर्रघिणी । झुटो कुरालाई हो के हो के भन्या जस्तो पार्न सक्ने क्षमता चाही केपीमा रच । त्यो त हुदै आएको थियो । ”
घेराबन्दी कसले गर्यो ?

दाहालले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेश गर्न चुनौति दिए । पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी उनले गरे । उनले भने “पार्टीले के को घेराबन्दी गर्यो ? उहाँले प्रमाण सहित भन्नु सक्नुहुन्छ ? पार्टीले सरकारबाट उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो ? एउटा मात्रै प्रमाण दिनुहोस् । म केपी ओलीलाई चुनौति दिन चाहन्छु यो मञ्चबाट । एउटा प्रमाण । पार्टीको यो निर्णयले पार्टीका यी नेताहरुले मलाई यो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेश गर्न म चुनौति दिन चाहन्छु केपी ओलीलाई । बरु पार्टीले यसो गरौ भन्दा त्यो नगरीकन उल्टो उल्टो गर्या हुनाले बिग्रेको हो भनेर म स्पष्ट राख्न चाहन्छु । ” कोरोना महामारी सुरु भएका बेला महामारीलाई नियन्त्रण गर्न केन्द्रदेखि तल्लो तहसम्म संयन्त्र बनाउँ भन्दा आफ्नो सुझावलाई व्यंग्य गर्दै हिडेको उल्लेख गर्दै उनले सरकार स्वंयम स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमा मुछिएको बताए ।

पार्टीभित्र विश्वास जित्न नसकेको
अध्यक्ष दाहालले आफ्नै सहकर्मी साथीहरु कै विश्वास जित्न नसकेर प्रधानमन्त्री ओली सबै कोणबाट अल्पमतमा पर्दै गएको बताए । ओलीले अरुलाई दोषारोपण गर्नुभन्दा एकपटक आत्मसमिक्षा गर्नुपर्ने तर्क दाहालले गरे ।उनले भने “आफु अल्पमतमा परेपछि देश भाडमा जाओस् भन्ने पनि नेता हुन्छ ? देश र सिस्टम प्रति जिम्मेवार हुनु पर्दैन ? पार्टीलाई विश्वासमा लिने जिम्मेवारी ओलीको होइन ? माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम संगै काम गरेपनि उनीहरुको विश्वास जित्न किन नसकेको ? एकचोटी ऐनाको अगाडि आफ्नो अनुहार राम्रोसंग हेर्न पर्दैन केपी ओलीले ? ”

लोकतन्त्रको ‘क ख रा’ भनेको बहुमत नै भएको भन्दै दाहालले बहुमतलाई ओलीले पनि मान्नुपर्ने बताए । उनले भने “त्यही प्रचण्ड जसले संविधान बनाउने बेलामा संविधान बनाउँ म तपाईलाई प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर पहिलोचोटी प्रधानमन्त्री प्रस्ताव गर्यो त्यही प्रचण्ड पार्टी एकता र गठबन्धन गरौ तपाईलाई प्रधानमन्त्री मै प्रस्तावित गर्छु भनेर गर्यो त्यही प्रचण्डलाई यति साह्ै खेद्नुपर्ने कारण के पर्यो ? ”

भारतले भनेर संसद भंग गरेको हो ?
अध्यक्ष दाहालले भारतको इसारामा संसद भंग गरेको हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन । भारतीय गुप्तचरसंगको अपारदर्शी भेटघाट जनतामाझ छर्लङग भएको भन्दै उनले विगतमा ‘भारत र साथीहरुले मलाई प्रधानन्त्रीबाट हटाउन खोजे’ भन्ने प्रधानमन्त्रीले अहिले भारतले भनेर संसद भंग गर्नुभएको हो ? भनी प्रश्न गरे ।उनले भने “अहिले त नाङै देखिएको छ नि । विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्तर सुनाए । उहाँले त्यो मन्तर सुन्नुभयो । अस्ति भर्रखरै तपाईहरुले हेर्नुभयो नि जी न्युजको इन्टरभ्यु । त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पटाक्षप आज भईसक्यो । अब एभरेष्टको नाम फेर्ने रे । त्यही जि न्युजले । यो के नाटक देखिदैछ तपाई हामीले ? असारको स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । हामीले हटाएनौ त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौ नि त हामीले । अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या ? सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपी जी ? मेरो प्रश्न तपाई यसलाई के भन्नुहुन्छ ? ”

आई एम त स्टेट
लोकतन्त्र र राष्ट्रहित विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले “आईएम त स्टेट” भन्दै संबै संबैधानिक निकायलाई आफु अनुकुल निर्णय गराउन उद्ध्त रहेको आरोप अध्यक्ष दाहालले लगाएका छन । पार्टीभित्र र संसदमा आफ्नो समर्थन गुमाएपछि ओलीले अस्वभाविक ढंगले वक्तव्यवाजी गर्न थालेको आरोप उनले लगाए । उनले भने “सचिवालयमा बहुमत छैन उहाँको । स्थायी र केन्द्रीय समितिमा दुई तिहाई बहुमत उहाँको विरुद्ध छ । सांसदहरुको वहुमत उहाँको विरुद्ध भईसकेपछि त म भएत हेर्नुहोस् देख्ने वित्तिकै राजीनामा दिईहाल्थेँ । त्यो लोकतन्त्रको हितमा हुन्थ्यो । राष्ट्रको हितमा हुन्थ्यो । मैले छोड्नु पर्यो भने कुर्सी सुर्सी भाँचेर छोड्छु । हामीलाई लागेको थियो कुर्सी मात्रै भाँचियो भने त अर्को बनाउला भन्ने लागेको थियो । संविधान नै भाँचकुच । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँचकुच गर्ने अनि राष्ट्र नै भाँचकुच गर्ने स्थिति आयो । अझै उहाँ हासी हासी भन्नुहुन्छ । देश र संविधान वरबात भईरहेका बेला ,संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा परिहेका जितेको विजेता जस्तो गरि खुसी भएर । उहाँको नृत्यलाई ताण्डव नृत्य जस्तो लागेको छ । भांङ खाएर नाचेको जस्तो के ।”

आफ्नो निर्णय राजनीतिक भएको र राजनीतिक निर्णयलाई अदालतले मान्नुपर्छ भन्दै हिडेका ओलीमा निरंकुश र तानाशाही प्रवृति हावी हुदै गएको टिप्पणी दाहालले गरे । उनले भने “मेरो राजनीतिक निर्णय हो अदालतले मान्नुपर्छ । निर्वाचन आयोगले मैले भनेपछि मान्नुपर्छ । उहाँको सबै अभिव्यक्ति सर्वोच्च पनि केही होइन । निर्वाचन आयोग पनि केही होइन । संविधान पनि केही होइन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि केही होइन । पार्टी पनि केही होइन । बहुमत पनि केही होइन । म नै सबैथोक हो । आई एम त स्टेट । तानाशाहहरुले निरंकुशहरुले संसारभर भन्ने गरेको यही नै हो । ”

तानाशाही र निरंकुश हुने भुत सवार भएपछि मान्छेले आफुलाई नहेर्ने र आफ्नो आत्मआलोचना नगर्ने तथा आफु ध्वस्त नहुदा सम्म निहुँ खोजिरहने प्रवृत्ति देखिने भन्दै उनले ओली पनि पतनको बाटोमा हिडेको दाबी गरे । ओलीले पटक पटक पार्टी फुटाउन खोज्दा झुकेर आफुले जोगाएको स्मरण गर्दे अब भने लड्ने चेतावनी दिए । उनले भने “कमिलाको प्वाँख उम्रिएपछि सिद्धिन्छ भन्छन् । उहाँको कमिलाको प्वाँख उम्रेको देखेको छु मैले । उहाँको धेरै महिना जानेवाला छैन । नेपाली जनताले छोड्नेवाला छैनन् । हामी छोड्नेवाला छैनौ । उहाँ गणतन्त्र विरोधी हो भन्दैमा नेपाली जनता गणतन्त्र विरोधी होइन् । पार्टीका सवै नेता कार्यकर्ता गणतन्त्र विरोधी होइनन् । उहाँ गणतन्त्र विरोधी हो भन्ने हामीलाई थाहा छ । नेपाली जनतालाई पनि थाहा छ । सच्चिए होलान् कि सच्चिएलान् कि भनेको । के को हुन्थ्यो कुकुरको पुच्छर ? जति तेल लगाए पनि बांङगाको बाङगै भयो । हामीले त कम तेल त लगाईएन । सबै भन्दा बढी तेल त मैले नै लगाएँ होला यो तीन बर्षमा । खुरु खुरु जे भन्छन् मान्दिदा खेरी राम्रो हुन्छ कि भन्दै मान्दै । पोहोर साल देखि ३ पटक पार्टी फुटाउन खोज्दा झुकेर जोगाएको ।”

जबज छोड्ने पहिलो व्यक्ति केपी ओली
दाहालले प्रधानमन्त्री ओली नै जनताको बहुदलिय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे । पार्टी एकताको समयमा राजनीतिक प्रतिवेदन छाप्न ओली तयार नभएको तथा समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति नै ओली भएको तर्क दाहालले गरे । उनले भने “जबज मदन भण्डारीको भुमिकालाई पनि स्थापित गर्नुपर्छ भनेर लेख्ने हामीहरु नै हौ । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । तपाईहरु कोही भ्रममा नपर्नुहोला । अहिले भ्रम दिन खोजेका छन् उनीहरुले । पार्टी भनेको विचार र विधि हो । अहिले त जनताको बहुदलिय जनवाद भन्न खोज्नुहुन्छ , जनताको बहुदलिय जनवादलाई हटाएर समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति को ? केपी ओली । उहाँलाई अब यो बोल्ने कुनै बैचारिक, राजनीतिक र नैतिक अधिकार छैन भन्ने छ मेरो दाबी । उहाँ हो छोड्ने । ”

ओलीले पार्टीको विचार र विधिको सही लाईनबाट भड्किएका,े कम्युनिष्ट र समाजवाद मननपर्ने र उदार समाजवाद र पूँजीवाद मन पर्ने बताए एमालेजति एक हुनुपर्ने भन्ने अभियान चलाएकाले कतिपयलाई भ्रम श्रृजना भएको भन्दै उनले ओली भित्र कम्युनिष्टको विचार र सिद्धान्त नभएको दाबी गरे । उनले ओली सुरु देखि नै नेपाल खेमालाई सिध्याउने र पछि आफुलाई सिध्याउने रणनीतिमा लागेको दाबी समेत गरे । माधव कुमार नेपाल ओलीको गलत निर्णयको विरुद्ध सतिसाल भएर उभिएकाले आफुमा नेता नेपाल प्रति सम्मान बढेको बताए ।उनले ओलीको तानाशाही निर्णय विरुद्धको संघर्ष पार्टी भित्रको अन्र्तर संघर्ष पनि भएकाले विचार, विधि र समाजवादको आर्दश तर्फ अगाडि बढ्नेगरि पार्टीलाई एकताबद्ध गर्ने बाटोमा एकजुट हुन कार्यकर्तालाई आव्हान गरे । उनले आफै भित्रको अवसरवादका विरुद्ध संघर्ष गर्न तयार रहेमात्रै ओलीको अवसरवादी निर्णय विरुद्ध लड्न सकिने भएकाले त्यसका लागि तयार रहन पनि उनले सबैलाई निर्देशन दिए । लाखौ जनता सडकमा नउत्रिईकन प्रतिगमन नसच्चिने भन्दै उनले सडक संघर्षका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिए । हरेक उपलब्धि र आन्दोलनमा काठमाण्डौको भूमिका प्रमुख रहदै आएको स्मरण गर्दे उनले यसपटक पनि निर्णायक ढंगले आन्दोलनमा लाग्न सबैलाई आव्हान गरे ।

कमेडी शो
आफ्नो सम्बोधन भरी प्रधानमन्त्रीको आलोचनामा खर्चेका दाहालले कमेडी शो गर्न नभई संविधान र लोकतन्त्र धरापमा परेकाले त्यसको रक्षाका लागि उपस्थित भएको भन्दै ओलीलाई व्यंग्य गरे ।

उने भने “संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छ । हामी उखान टुक्का भनेर कमेडी शो गर्न नि उपस्थित भएका छैनौ । हामी मानिसहरुलाई दिग्भ्रमति पार्ने , उद्धेलित पार्न पनि जुटेका होइनौ । हाम्रै पार्टीको , हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट , हाम्रै पार्टीले हिजो अध्यक्षमा निर्वाचित गरेको व्यक्तिबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ र त्यो प्रहारको सामना गर्न हामी यहाँ उपस्थित भएका छौ । हामी ठूलो बलिदानीबाट प्राप्त उपलब्धि एम्बुसमा परेकाले र त्यसबाट बचाउनका लागि छलफलमा जुटेका हौ ।

उनले पार्टी एकताको तयारी बिना नै पार्टी एकता भएको भन्ने टिप्पणी सही नभएको स्पष्ट पारे । ‘पर्याप्त तयारी नभईकन गरेको एकताका कारण यस्तो समस्या आएको हो कि ?’ भन्ने विश्लेषण सही नभएको भन्दै उनले यथेष्ठ छलफल भएको र विचार र निर्देशक सिद्धान्त बारे स्पष्ट रुपमा किटान गरिएको प्रष्ट पारे । विचारमा ध्यान नदिईकन हतारमा पार्टी एकता नगरेको पनि उनले स्पष्ट पारे ।

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.