साइबर ब्यूरोको लोगो दुरूपयोग गरी नक्कली फेसबुक पेज बनाउने एक किशोर पक्राउ

१५ फागुन ७७, आइतबार

१६ फागुन, काठमाडौँ । साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीबाट एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो।

उनले फेसबुक पेज खोलेर पेजको म्यासेन्जरबाट कुराकानी गर्ने गरेका थिए। उनले प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरूलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप छ।

Advertisement

ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नविन अर्यालका अनुसार पोख्रेललाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको पाइएको प्रहरीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top