नयाँ शैक्षिक सत्र आगामी असार १ गतेदेखि सुरु हुने

१६ फागुन, काठमाडौँ । नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ ।

Advertisement

ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । तर, नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले आग्रह गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहका पठनपाठन आउँदो वैशाख मसान्तसम्ममा सकेर सबै तहका परीक्षा जेठ मसान्तसम्ममा गर्न पनि निर्देशन दिएको छ ।

Advertisement

यस्तै, केन्द्रले कोरोनाका कारण विद्यालयबाट स्थानान्तरण हुनु परेका विद्यार्थीलाई स्थानान्तरण भएर आउन चाहेको ठाउँको विद्यालयमा ब्यहोरासहित निवेदन दिन पनि आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top