साउदीमा १३ सय ६४ नेपालीमा कोरोना संक्रमण पुष्टी , सात जनाको मृत्यु

९ जेष्ठ, दोहा । साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

कुल संक्रमितमध्ये १७ जना महिला रहेको र अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

Advertisement

दूतावासले दिएको जानकारी अनुसार संक्रमित नेपाली राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना नेपाली संक्रमित भएका छन् ।

संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च रहेको भन्दै दूताबासले संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको जनाएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप २ हजार ५ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ६५ हजार ७७ पुगेको छ ।

साउदीमा कोरोना भाइरसले ३ सय ५१ जनाको ज्यान लिएको छ । बिहीवार मात्रै १२ जनाले ज्यान गुमाएका हुन् ।

साउदीमा उपचारपछि निको हुनेको संख्या पनि धेरै छ । हालसम्म संक्रमितमध्ये ३६ हजार ४० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top