साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिना (गएको साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार गएको माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

Advertisement

नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ .

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्री जी इन्टरनेट पुगेको छ ।

जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्री जीका प्रयोेगकर्ता थपिएका छन् ।

त्यस्तै, फोर जीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ ।

आठ महिनामा एनसेल कम्पनीका फोर जीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गएको माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन् । माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।

प्राधिकरणको तथ्याङ्कअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोर जीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गएको माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । माघमा फोर जीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोर जी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ । गएको माघको तुलनामा फोर जीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोर जीका मात्र ग्राहक रहेका छन् ।

फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका आठ लाख १२ हजार र एफटीटीएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top