साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, निराजन खड्का लामो समयपछि राष्ट्रिय टिममा

काठमाडौं,भदौ ११
भदौ १९ गतेबाट बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि एन्फाले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् ।साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसीपमा नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

घोषित राष्ट्रिय टिममा नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्ज्प्रिन्स कार्कीले स्थान बनाउन नसक्दा निराजन खड्काले लामो समयपछिस्थान बनाएका छन् । डिफेन्डरमा सुमन अर्याल र हेमन्त थापामगरले २० सदस्यीय टिममा स्थान बनाउन सफल भए ।

बंगलादेशमा हुने साफ सुजुकी कपमा नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालको पहिलो खेल १९ भदौमा पाकिस्तानसँग बंगबन्धु स्टेडियममा हुनेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।

Advertisement

यस्तो छ नेपाली राष्ट्रिय टोली

गोलकिपर ः किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने

Advertisement

रक्षक ः दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्ड ः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड ः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top