×

NEPAL TIMES UPDATES

Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026
Playing
एमालेको पछि लाग्यो कांग्रेस,गुण्डु पुगे विश्वप्रकाश, संसद्मा देखियो नतिजा|| Nepal Times
May 13, 2026
Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026

सीपीएल : जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

२१ भाद्र २०७७

२१ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । आज बिहान ब्रायन लारा स्टेडियममा भएको सिपिएलको २८ औं खेलमा जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । बार्बाडोसले भने पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ ।

Advertisement
Advertisement

तीव्र गतिका बलर ओशान थोमसले पहिलो ओभरको पहिलो बलमै ओपनर जोनसन चाल्र्सलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । इनसाइड एज लागेर बोल्ड आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर प्रेस्टन म्याकस्वीनले दोस्रो ओभरको दोस्रो बलमा शम्राह ब्र्रूक्सलाई ५ रनमा बोल्ड आउट गर्दै जमैकालाई राम्रो सुरुवात दिलाए । तर बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरेका थिए ।

१३ औं ओभरको तेस्रो बलमा सन्दीपले होल्डरलाई ६९ रनमा एलबिडब्लू आउट गर्दै जमैकालाई खेलमा फर्काउन प्रयास गरेपनि अन्य बलरको साथ पाउन सकेनन् । होल्डरले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै जितको आधार तय गरे । कार्टर ४४ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे । सन्दीपले ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । ओशान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा राशिद खानले रसेललाई विकेटकिपर जोनसन चाल्र्सबाट स्टम्पिङ आउट गराएका थिए ।

त्यसअघि राशिदकै १८ औं ओभरको अन्तिम बल ठूलो सट खेल्ने धुनमा रसेल मिस हुँदै स्टम्पमा लागेपनि बेल नखस्दा आउट भएनन् । जमैकाले ओपनर जर्मेन ब्ल्याकवुडलाई पहिलो पटक ओपनिङ गराएको थियो । टि२० क्रिकेटमा पहिलो पटक ओपनिङ गरेका ब्ल्याकवुडले उत्कृष्ट ब्याटिङ गर्दै सिपिएलमा पहिलो अर्ध शतक प्रहार गरे । ब्ल्याकवुडले ७४ रनको महत्वपूर्ण इनिङ खेले ।

१७ औं ओभरको चौथो बलमा कप्तान जेसन होल्डरले बोल्ड आउट गर्नुअघि ब्ल्याकवुडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । जमैकालाई ओपनर ब्ल्याकवुड र ग्लेन फिलिप्सले ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आठौं ओभरको तेस्रो बलमा फिलिप्सलाई जोशुवा विशोपले १७ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । १३ औं ओभरको तेस्रो बलमा आसिफ अलीलाई हेडन वाल्शले जोनसन चाल्र्सको हातबाट ५ रनमा समाताए ।

Advertisement
Advertisement

त्यसपछि मैदानमा आएका रसेलले ब्ल्याकवुडसँग मिलेर तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । कप्तान रोभमान पवेल ५ रनमा अविजित रहे । बार्बाडोसका जोशुवा विशोप, हेडन वाल्श, जेसन होल्डर र राशिद खानले एक एक विकेट लिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top