×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतबाट आउनेभन्दा जानेकाे संख्या तेब्बर

२१ भाद्र २०७७

धनगढी : यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ।

‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ’, डोके बजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘नेपालमा रोजगारी नै पाइएन भन्छन्। कोरोनाको डर पनि लाग्दैन भन्छन्।’ कैलालीको त्रिनगर नाका भएर दैनिक २ सय ५० जना भारत जान थालेका छन्। भारतीय पक्षले उनीहरूको आधारकार्ड भए जान दिने गरेको छ। आधारकार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ।

Advertisement
Advertisement

कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाका बुद्धि साउद फेरि भारत पसेका छन्। गुजरातको एक अपार्टमेन्टमा काम गर्ने साउद लकडाउन हुने हल्ला चलिरहेकै बेला गत फागुन २० गते स्वदेश फर्केका थिए। ‘६ महिना नुनतेलकै लागि समस्या भयो। नेपालमा केही काम पाइएन। घरमा २ छोरी, श्रीमती, आमा र २ भाइ छन्। उनीहरूलाई पाल्नु परेन ? घरको कमाउने व्यक्ति मै हुँ’, आक्रोशित देखिएका उनले भने, ‘आउने बेला पनि यही सोध्छन्, जाने बेला पनि।’

Advertisement

यस्तै, सुर्खेतको लेकबेसीका रणबहादुर राईसहित १५ जनाको समूह पनि गौरीफन्टा नाकामा लाइनमा थियो। ‘सिमला जान लागेको, त्यहाँ अहिले जानेबित्तिकै काम पाइँदो रहेछ’, राईले भने। भारतको सिमला स्याउको पकेट क्षेत्र हो। अहिले त्यहाँ स्याउ टिप्ने समय हो। कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दा सिमलामा स्याउ टिप्न अन्य महिला र बालबालिकालाई लिएरै जान थालेका छन्। राई लकडाउनका बेला चैत पहिलो हप्ता नेपाल फर्किएका थिए। ‘पेट पाल्न कोरोना पचाइन्छ’, उनले भने। भोकले मर्नुभन्दा जोगिएर बसे कोरोनाबाट नमरिने उनको भनाइ छ।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top