२५ जेठ, एजेन्सी ।
भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । एशियाली न्युज इन्टरनेशनल(एएनआई)का अनुसार भारतीय सैन्य अधिकारी र चिनियाँ अधिकारीबीच लाइन अफ एक्च्युल कन्ट्रोल(एलएसी) पारी चिनियाँ भूमि मोल्डोमा वार्ता भएको हो ।
वार्ता शनिबार बिहान ११ बजेर ३० मिनेटदेखि निर्धारित गरिएपछि दुई घण्टा ढिला गरी सुरु भएको थियो । चीनको तर्फबाट वार्ताको अगुवाई दक्षिणी सीनजियाङ सैन्य शिविरका जनमुक्ती सेनाका कमाण्डरले गरेका थिए ।
भारतीय डेलिगेशनको नेतृत्व १४ औं कमाण्डर लेफ्टीनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए । वार्तामा सहभागी टोलीले भारतीय सैन्य प्रमुख एम एम नरवने र उत्तरी सैन्य कमाण्डर लेफ्टीनेन्ट जनरल वाई के जोशीलाई जानकारी गराउनेछन् ।छलफलबाट आएको निस्कर्ष सैन्य सचिबालयले विदेश मन्त्रालयलाई जानकारी गराउनेछन् ।
पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद मुक्कामुक्कीमा परिणत भएको थियो ।