१९ जेष्ठ, विराटनगर । विराटनगर प्राईम राउन्ड टेबल–१० ले कोभिड–१९ का समयमा फ्रन्टलाईनमा रहेर आफ्नो कार्य गरिरहेका नेपाली सेना र सशस्त्र प्रहरी बललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
महामारीको समयमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाली सेनालाई विराटनगर प्राईम राउन्ड टेबल–१० ले ६ सय ८० थान सेनिटाईजर , प्रतिथान ५ लिटरको ४ थान सेनिटाईजरजार र ८ हजार मास्क सहयोग गरेको हो ।
उक्त सहयोग सशस्त्रका सीमा सुरक्षा टोलीका स्थानीय कार्यालयका प्रहरी प्रमुखका साथै नेपाल आर्मीका कर्नेललाई विराटनगर प्राईम राउन्ड टेबल–१० का अध्यक्ष विकास गोयल र समिति सदस्य श्याम राठीले हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको पनि उपस्थिति रहेको थियो ।